Section 108A
बचत रकम फिर्ता सम्बन्धी विशेष व्यवस्थाः
(१) प्रचलित कानूनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सहकारी संस्था वा दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा भएको सहकारी ८ संस्थाको सदस्यले जम्मा गरेको पाँच लाख रुपैयाँ सम्मको बचत पहिलो प्राथमिकतामा राखी भुक्तानी गर्नु पर्नेछ।

(२) सदस्यले जम्मा गरेको पाँच लाख रुपैयाँभन्दा बढी बचतको हकमा सम्बन्धित संस्थाले एकै पटक भुक्तानी गर्ने अवस्था नभएमा- मापदण्ड बनाई सदस्यको बचत रकम आनुपातिक रुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउनु पर्नेछ।

(३) यस दफा बमोजिम बचत रकम फिर्ता गर्ने प्रयोजनको लागि सहकारी संस्था वा दफा १०५ बमोजिमको व्यवस्थापन समितिले त्यस्तो संस्थाको सम्पत्ति वा क्रण प्रदान गर्दा लिएको घितो सुरक्षण बिक्री गर्न सक्नेछ। (४) उपदफा (३) बमोजिम क्रृण प्रदान गर्दा लिएको घितो सुरक्षण बिक्री गर्नु अघि सम्बन्धित क्रणीलाई सहकारी संस्थाको त्रृण चुक्ता गर्न समय दिई; सो अवधिभित्र त्र्रण चुक्ता नगरेमा त्यस्तो: धितो सुरक्षण लिलाम बढाबढ गरी बिक्री गर्नु पर्नेछ। त्यस्तो धितो सुरक्षण बिक्री गर्दा क्रणीले तिर्नु पर्ने रकम भन्दा बढी रकम प्राप्त हुन आएमा क्रणीको रकम चुक्ता भई बाँकी रहेको रकम त्यस्तो क्रणीलाई फिर्ता दिनु पर्नेछ।

(५) सहकारी संस्थाले घर, जग्गा वा अन्य मेशिनरी औजार वा उपकरण लिज वा भाडामा उपलव्ध गराए बापत प्राप्त हुने रकम असुल गरी त्यस्तो रकम बचतकर्ता सदस्यको बचत-रकम फिर्ता गर्ने प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ ।

(६) यस ऐन बमोजिम मुद्दा दायर भएको वा अन्य कुनै कारणले अदालत वा अन्य कुनै निकायमा सहकारी संस्थाको सम्पत्ति वा धितो सुरक्षण रोक्का भएको कारण त्यस्तो सम्पत्ति बिक्री गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता गर्न नसकिएको र त्यस्तो सम्पत्ति वा धितो सुरक्षण बिक्री गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता हुने सुनिश्चित देखिएमा सहकारी संस्था वा दफा १०५ बमोजिमको व्यवस्थापन समितिले सम्बन्धित अदालत वा निकाय समक्ष रोक्का फुकुवाको लागि अनुरोध गर्न सक्नेछ।

(७) उपदफा (६) बमोजिम: अनुरोध भई आएमा सम्बन्धित अदालत वा निकायले अन्य कुनै कारणले रोक्का राख्नु नपर्ने भए त्यस्तो सम्पत्ति वा धितो सुरक्षणको रोक्का फुकुवा गरिदिनु पर्नेछ।

(८) यस. दफा बमोजिम जोखिममा रहेका बचतकर्ताको बचत रकम फिर्ता गर्ने प्रयोजनको लागि मापदण्ड र समयबद्ध फिर्ता कार्ययोजना बनाई बचतकर्ता सदस्यको बचत रकम फिर्ता गर्नु पर्नेछ।